Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

झापा,१६ चैत २०७७ । देशभर आज थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार ६ सय १२ जना पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार १ सय २२ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २२ लाख ६४ हजार २ सय ६८ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म ५६ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १ हजार ३ सय ४१ जना बिरामी उपचाररत रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या शुन्य रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनको संख्या ३ हजार २७ पुगेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments