Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

झापा ,७ चैत २०७७ । देशभर आज थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ८ सय २९ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार ८ सय १५ जना पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट २ हजार ६ सय ३७ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २२ लाख ३३ हजार ३ सय ४५ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म ४७ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ९ सय ९८ जना बिरामी उपचाररत रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या शुन्य छ । हालसम्म कोरोना का कारण मृत्यु हुनको संख्या ३ हजार १६ पुगेकोे मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments