झापा, ३ चैत २०७७ । देशभर आज थप १ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै देशभर २ लाख ७५ हजार ६ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।
२४ घण्टा भित्र थप ६० जनाले संक्रमण जितेका छन् । यो सँगै २ लाख ७१ हजार ६ सय १० जना संक्रमण मुक्त भएका छन् । देशभर १ हजार जना मात्र संक्रिय संक्रमित छन् ।
यस्तैगरी, देशभर हाल ५२ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ रहेको छ । संक्रमणबाट हाल सम्म ३ हजार १५ जनाको मृत्यु भएको छ ।






