झापा, ३ चैत २०७७ । नेपालमा थप १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै देशभर २ लाख ७५ हजार ४ सय २४ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ । संक्रमणबाट हाल सम्म ३ हजार १४ जनाको मृत्यु भएको छ ।
२४ घण्टा भित्र थप ९४ जनाले संक्रमण जितेका छन् । यो सँगै २ लाख ७१ हजार ४ सय ९५ जना संक्रमण मुक्त भएका छन् । देशभर ९ सय १५ जना मात्र संक्रिय संक्रमित छन् ।
यस्तैगरी, देशभर हाल ५१ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् ।






