Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

नेपालको औद्योगिक विकास चुनौतिपूर्ण ः मन्त्री यादव

 झापा, २७ असोज । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवले महारानीझोडा साना किसान सहकारी द्वारा प्रवद्र्धित नमुना एकिकृत सहकारी खेती अन्तर्गत सञ्चालन हुने मकैको चिउरा बनाउने उद्योगको शिलान्यास गरेका छन् ।

आज झापा गौरादह नगरपालिका वार्ड नं. ५ मा रहेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको १६औँ बार्षिक साधारण सभामा सहकारी द्वारा प्रवद्र्धित नमुना एकिकृत सहकारी खेती अन्तर्गत सञ्चालन हुने मकैको चिउरा बनाउने उद्योगको प्रमुख अतिथि मन्त्री यादवले शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको औद्योगिक विकास चुनौतिपूर्ण रहेको बताएका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

साना किसान सहकारी संस्था महारानी झोडा नेपाल अधिराज्यमै नमुना सहकारी बनेको भन्दै सहकारीको प्रसंसा गर्दै उनले महारानी झोडा साना किसान सहकारी जस्तै अन्य सहकारीले पनि सोही किसिमको काम गर्नसके मुलुकको आर्थिक विकासमा टेवा पुग्न सक्ने विश्वास व्यक्त गरे ।

महारानी झोडा सहकारीले नमुना खेती गरेर मुलुकभरी चर्चा कमाएको भन्दै मन्त्री यादवले कृषी आधुनिकिरण मार्पmत औद्योगिकरण तर्पm अगाडि बढ्नु आजको मुख्य अवस्यकता भएको औल्याउदै उनले नेपालका उद्योग विकासका सम्भावना र चुनौतिको बारेमा बताएका हुन् ।

लगानी संगै उत्पादनलाई पनि उत्तिकै जोड दिनु पर्ने भन्दै उनले कृषीमा आधुनिकिकरण गर्न उद्योग मन्त्रालयले मेड्पा मार्पत विभिन्न प्रकारका तालिमहरु प्नि सञ्चालन शुरु गरिसकेको बताए । आफूले महारानीझोडा साना किसानको धान गे्रडिङ् स्थल र गोदामहरुको समेत निरिक्षण गरेको भन्दै मन्त्री यादवले यस संस्थालाई नेपाल सरकारको पूर्ण साथ र सहयोग रहने बताए ।

कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सहकारीको माध्यामबाट मुलुकलाई आर्थिक समृद्धीको बाटोमा लैजान सक्ने धारणा राखे ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
साधारण सभामा सहभागि सेयर सदस्यहरु

महारानी झोडा कृिष सहकारी संस्थाले ८० विघा जग्गामा नमुना एकिकृत सहकारी खेती गर्दै आएको छ । सामुहिक खेती बाट मकै र धान मुख्य रुपमा उत्पादन गर्दै आएको संस्थाले उत्पादन गरेको धान बालीलाई ग्रेडिङ गरी मुल विउको रुपमा कृषकहरुलाई वितरण गर्दै आएको छ ।

साधारण सभामा संस्थाकी अध्यक्ष मिना ढकालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाकी लेखा संयोजक कृष्ण कुमारी दाहाले ३७ करोड ७७ लाख ४९ हजार ६७ वासलत रहेको प्रतिवेदन पेश गरेकी थिइन् । त्यस अवसरमा उत्कृष्ट कारोवार, उत्कृष्ट ऋणी, उत्कृष्ट वचतकर्ता एवम् गत वर्षको एस. ई. ई परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा छोरीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडा, महारानी झोडा वचत तथा ऋण सहकारी संस्था अध्यक्ष मित्रदेव काप्mले, गौरादह नगरपालिकाका मेयर रोहित कुमार साह लगायतले शुभकामना मन्तब्य राखेका थिए । विनिता कट्वालले स्वागत मन्तव्य राखेको कार्यक्रम संस्थाकी उपाध्यक्ष गोमा सुवेदीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments