झापा, ४ असोज २०७७ । झापाको गौरादहमा दुई जना लागुऔषध सहित पक्राउ परेका छन । गौरादह-९ बैगुनधुराबाट उनिहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा गौरादह-३ का २२ बर्षीय राजेश महतो र सोही स्थानका २७ बर्षीय प्रमानन्द राजबंशी रहेका छन । प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुवै जनालाई हिजो राती पौने ११ बजे नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनिहरुमाथी चेकजाँच गर्दा १५८ बोतल ईस्कफ लागुऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।
पक्राउ परेका दुबैजना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।






