Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौं, ३ असोज २०७७ । संविधान दिवसका अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको टुङ्गो लगाएको छ । जसमा ५९४ सम्मानित हुनेछन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महक्तवपूर्ण योगदान पुर्‍याउने महानुभावलाई प्रदान गरिने मानपदवीको टुङ्गो लगाएको थियो ।

गृह मन्त्रालयले नियमावलीमा व्यवस्था भए अनुसार एक सय जनालाई मानपदवी, ५० जनालाई अलङ्कार र ५० जनालाई पदक सिफारिस गरेको जनाइएको छ ।

दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ ।

यसपटक कोभिड–१९ महामारीका क्षेत्रमा महìवपूर्ण योगदान पुर्‍याउने महानुभावलाई समेत सम्मानित हुनेछन् ।

यो वर्ष सुप्रसिद्ध प्रबल जनसेवा श्री(प्रथम) बाट चिकित्सक डा.सन्दुक रुइत र सुप्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) न्यायाधीश दीपकुमार कार्की, पूर्वप्रमुख आयुक्त नवीन कुमार घिमिरे, प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई सम्मानित गरिएको छ।

यस्तै, सुकीर्तिमय राष्ट्रदीप (तृतीय) बाट आयुक्त डा. गणेशराज जोशी, वनस्पतीविज्ञ डा.तीर्थबहादुर श्रेष्ठ, सचिव केदार बहादुर अधिकारी, मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल र नापी विज्ञ बुद्धि नारायण श्रेष्ठसमेत सात जनालाई सम्मानित गरिएको छ।इमेजखबर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments