Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, ३० भदौ २०७७ । सरकारले असोज १ गतेबाटै आन्तरिक हवाई उडान, लामो दूरीका यातायात र होटल रेष्टुरेन्टहरु खुलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आन्तरिक हवाई उडान र लामो दूरीका यातायात सुचारु गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका नवनियुक्त प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

मास्क, भाइजर, स्यानिटाइजर जस्ता स्वास्थ्य सामग्री पनि अनिवार्य राखिनु पर्नेछ ।

लामो दूरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरिएको जानकारी दिँदै प्रवक्ता ज्ञवालीले व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने अनुमति दिइएको बताउनुभयो ।

सुरक्षा मापदण्ड भने सबै यातायातले अपनाउनु पर्नेछ । संक्रमणको जोखिम बढेको अवस्थामा निर्णय लिने अधिकार स्थानीय प्रशासनलाई दिइएको छ ।

बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइने पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया