Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौं, २४ भदौ २०७७ । बिहीबारदेखि यातायात कार्यालय खुल्ने भएका छन्। सरकारले जारी गरेको निषेधाज्ञाका कारण भदौ ४ गतेदेखि यातायात कार्यालयबाट दिने सेवा सुविधा बन्द भएको थियो ।

निषेधाज्ञाका मोडालिटी परिवर्तन भएसँगै यातायात कार्यालयले सेवा सुरु गर्ने भएको यातायात व्यवस्था कार्यालयका सवारी चालक अनुमति पत्र ठूलो भर्‍याङका सूचना अधिकारी उपेन्द्र शाहले जानकारी दिए ।

बिहीबारदेखि यातायात कार्यालयले दिँदै आएको, लाइसेन्स नविकरण, स्मार्ट कार्डको प्रतिलिपि, स्मार्ट कार्ड भेरीफिकेसनलगायत सेवा सुविधा सुचारु हुनेछन्।

तत्कालका लागि नयाँ दर्ता, ट्रयाल र स्मार्ट कार्ड वितरण भने स्थगन नै रहने छ। सवारी पासको राजश्व संकलन (ब्लुबुक नविकरण) मा भने म्याद नाघेबापत बुझाउनु पर्ने जरिवाना मिनाहको समयावधि सकिएको छ।

ब्लुबुकको जरिवानाको विषय प्रष्ट नभएकाले हाललाई यो सेवा पनि स्थगन रहेको यातायात कार्यालयले जानकारी दिएको छ। भदौ महिनाभित्रमा लाइसेन्स नविकरण गरिएमा म्याद नाघेबापत बुझउनु पर्ने जरिवाना मिनाह हुनेछ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments