Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

कविता
                                                          राजु बराल

सुख चाहिन्न अब , दुःख मै जिउन सिकेको छु ।
हासो चाहिन्न अब , आँसु नै पिउन सिकेको छु ।
( १)
आधा भयो यात्रा पूरा , आधा अब के हुने हो ?
कर्म हुन्छ कस्को पूरा , आधा कर्म के हुने हो ?
( २ )
धन हुदा साथी सबै , नहुदा मा को हो , को हो ?
बलेको आगो ताप्ने सबै , धुवाउदा मा बाल्ने को हो ?
( ३ )
मलम घाउ मा लाउनु पर्ने , मलम पट्टि का पो छ र ?
सबै ले मन्दिर धाए पनि , देउता कस्ले भेट्या छ र ?
( ४ )
माझी बनी समुद्र को , छाल गन्न सिकेको छु ।
आधी माझ आखिर मा , दियो बाल्न सिकेको छु ।
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments