Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

झापा, १३ मंसिर २०८३ । झापाको मेचीनगर-६ काँकडभिट्टास्थित एच।एम।होटलमा लागूऔषधको कारोबार गरिरहेको अवस्थामा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दुई युवती र एक युवक रहेका छन् ।

हिजो बिहान ११ः३० बजे सो होटलमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे।क्वा। काँकडभिट्टाबाट खटिएको डगसहितको टोली तथा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटलको कोठा न.३ मा सर्च गर्दा पलङको सिरानीमुनि लुकाएर राखेको प्लास्टिकसहित ७ ग्राम ७७० मिलिग्राम र प्लास्टिकबाहेक ३ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।

बरामद भएको लागूऔषधसहित मेचीनगर-२ बस्ने वर्ष २३ का सचिन राई, दमक-७ बस्ने वर्ष ३० की मिना राई र सोही ठाउँ बस्ने वर्ष २६ की प्रतिमा राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया