Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

झापा, १३ मंसिर २०८३ । झापाको भद्रपुरस्थित देउनियाँ पुल माथिबाट मोटरसाइकल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भद्रपुर नगरपालिका-७ निवासी अन्दाजी ३५ वर्षीय रणबहादुर भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेची राजमार्गको चारआली-केचना सडक खण्ड अन्तरगतको भद्रपुर-३ स्थित देउनियाँ पुलमुनि गएराति प्र १–०१–०१३ प २५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल माथिबाट खस्दा दुर्घटना भएको थियो । पुलभन्दा ३० मिटर तल घोप्टो परी मृत अवस्थामा भट्टराईको शव आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव नजिकै सुपर स्प्लेण्डर मोटरसाइकलसमेत रहेको जनाइएको छ ।

मोटरसाइकलको अगाडीको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । घटनास्थलमा वडा प्रहरी कार्यालय भद्रपुरको टोली पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाउने जनाइएको छ । दुर्घटना तीव्र गतिका कारण हुन सक्ने प्रहरीको अनुमान छ ।टाईम्स अफप्रदेशबाट

तपाईको प्रतिक्रिया