Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

दधिराम रिमाल

देशै बेच्नेहरु हेर ! कति राष्ट्रवादी !
भूमीसंग पैसा साट्ने जति राष्ट्रवादी

लिम्पीया लिपु कालापानी सुस्ता रोएको छ
उँदो बगाई उँभो खोज्ने मति राष्ट्रवादी !

पशुपति लुम्बिनी नी के के सोच्दाहुन् कुन्नी
पत्नी त्यसै चाकडीमा पति राष्ट्रवादी !

प्रभु कृपा राजनीतिमा पायो जगमगायो
सिनो लुछ्ने चालामाला गति राष्ट्रवादी !

उच्च शिखर सगरमाथा तराई फाँट छोडेनौ
लिलाम बिक्रि गर्दै बन्छौ अति राष्ट्रवादी !
बुद्धशान्ति–१, झापा

तपाईको प्रतिक्रिया