Online Bichar
शनिबार, कार्तिक ०८, २०८३ | Saturday, October 24, 2026

पत्रपत्रिका, समाचार

५ बैशाख २०७७
काठमाडौं । उपत्यकाका स्थानीय तह कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमण फैलन नदिन थप सजग हुँदै क्रियाशील हुन थालेका छन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ – कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ व्यक्तिमा तीन दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन झन् प्रभावकारी बनाई थप सजग भएका हुन् ।

कतिपय स्थानीय तहले अपरिचित व्यक्तिलाई पालिकाभित्र प्रवेश निषेध गरिएको छ भने कतिपयले बिहानको हिँड्डुल (मर्निङवाक) गर्न पूर्णतया रोक लगाएका छन् ।

त्यस्तै कतै दुई महिनादेखि विदेशबाट नगरपालिकाभित्र आएका व्यक्तिको खोजी गरी सबैको स्वास्थ्य परीक्षण गरी र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्ने कार्य तीव्र बनाएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पालिका स्तरका योजना थप प्रभावकारी बनाउन लागिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।

उपत्यकाका १८ वटै नगरपालिकाले यसअघि नै पालिका स्तरको क्षमता अनुसार क्वारेन्टाइन निर्माण गर्ने, विदेशबाट आएका सबै व्यक्तिको तथ्याङ्क राख्ने, असङ्गठित क्षेत्रमा कार्यरत दैनिक ज्याला मजदुरी गर्ने नागरिकलाई राहत वितरण गर्ने, अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता दिने र सोको अनुगमन गर्ने काम भने गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments