Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

साउन २१ । तेह्रथुम छथर गाउँपालिकाले बसाइँ सरेर आउने नागरिकलाई एक लाख रुपैयाँ दिने नीति लिएको छ।

कारोबार दैनिकका अनुसार त्यति मात्र नभई गाउँपालिकाले उनीहरूलाई व्यावसायिक काम गरेमा पाँच लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ। नेपालमा पहिलोपटक यो गाउँपालिकामा बसाइँ सराइ गरी आउने नागरिकलाई व्यावसायिक अनुदान दिने कार्यक्रम तयार भएको अधिकारीहरूले जनाएका छन्।

आगामी पाँच वर्ष्भित्रमा गाउँपालिकाको जनसंख्या २५ हजारभन्दा माथि पुर्याउने लक्ष्यका साथ यस्तो कार्यक्रम ल्याइएको बताइएको छ। गाउँपालिका बाहिरबाट बसाइँ सरी आउने नागरिकले व्यावसायिक योजनाको आधारमा गाउँपालिकाले एक लाख इनाम र पाँच लाख व्यवासायिक अनुदान दिने भएको प्रमुख सन्तवीर लिम्बुले बताए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments