Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

झापा, २ श्रावण । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाले डाक्टर गोविन्द केसिको जीवन रक्षाको लागि चासो व्यक्त गरेको छ । विद्यार्थी संगठन झापाले जुम्लामा अनसनरत डाक्टर केसीको जीवन रक्षाको माग गर्दै झापाका प्रमुख जिल्ला अधिकारि जनक राज दाहाललाई ज्ञापन पत्र बुझाएका हुन्।

डा. केसी सम्पूर्ण विद्यार्थीहरुलाई शिक्षाको पहुँच सर्वसुलभ र समान रुपमा हुनुपर्छ भन्ने माग राख्दै पटक पटक अनसन बस्दै आएका छन्। विद्यार्थी संगठनले आज जिल्ला प्रशासन कार्यालय भद्रपुरमा ¥याली सहित प्रर्दशन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापा अध्यक्ष पुजन भट्टराईले जानकारी गराए।

त्यस अवसरमा केन्द्रिय उपाध्यक्ष माधव पोखरेल, केन्द्रिय महामन्त्री रविन्द्र ढुंगाना लगायतले बोलेका थीए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments