Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

गौरादह, १५ जेठ । झापाको गौरादहमा लागुऔषध दुर्ब्यसनी सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

गौरादहमा १ स्थित पञ्चेश्वर देवालय मन्दिर सभाहलमा आज सम्पन्न सो कार्यक्रम अन्तरपार्टी नगरमहिला संजाल गौरादह ले आयोजना गरेको थियो । कार्यक्रममा नगरभीत्र रहेका सामुदायीक विद्यालय जनता मावि,मोति मावि,स्कुल चौन मावि,डोरामारी मावि,प्रगती मावि,भद्रकाली मावि, अमर अधारभुत र अमर माविका शिक्षक र विद्यार्थीहरु सहभागी भएका थीए।
कार्यक्रममा काँकड्भीट्टा लागुऔषध नियन्त्रण व्यूरो प्रहरी नायब निरिक्षक किशोर श्रेष्ठ र नवयात्रा पूर्नस्थापना केन्द्र अध्यक्ष भीम लुइटेल ले सहजीकरण गरेका थीए।

कार्यक्रमका प्रमुख अतिथि तथा गौरादह नगरपालीका का मेयर रोहित कुमार शाहले कार्यक्रमको उद्घाटन गर्दै लागुऔषध र दुव्र्यसनीमा अधिकांस युवा युवतीहरुको सहभागीता रहेकाले त्यसलाइ न्युनीकरण गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रम संजालकी अध्यक्ष लिला कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो।
संजालकी सचीव लक्ष्मी बाह्रकोटी प्रसाईं ले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष गंगा कार्कीले स्वागत मन्तव्य राखेकी थिइन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments