Online Bichar
आइतबार, जेठ १७, २०८३ | Sunday, May 31, 2026

काठमाडौं, ८ पुष । नेपालमा बसेर गैरकानुनी गतिविधि गरेको अभियोगमा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमन विभागले देशबाट निष्कासनको तयारी अघि बढाएको छ ।
प्रहरीको अनुसन्धानमा रहेका चिनियाँ नागरिकमाथि प्रारम्भिक अनुसन्धान सकिएपछि अध्यागमन कानुनअनुसार चीन सरकारसमक्ष बुझाउने तयारी थालिएको हो ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले प्रहरीले सबै चिनियाँ नागरकिमाथि अनुसन्धान गरिरहेको बताएका छन् ।
यस विषयमा प्रहरीले नेपालस्थित चिनियाँ राजदूतावाससँग पनि परामर्श थालेको छ। केही साताअघि नै चीन सरकारले नेपालमा चीनविरोधी गतिविधिमा चिनियाँ गिरोह नै सक्रिय रहेको भन्दै कूटनीतिक माध्यममार्फत सरकारको ध्यानाकर्षण गराएको थियो।

सोमबार काठमाडौंका मनमैजु, बाँसबारी र बूढानीलकण्ठबाट करिब ५ सय ल्यापटपसहित एकैपटक १ सय २२ चिनियाँ नागरिक पक्राउ परेका थिए । पक्राउ परेकालाई फिर्ता लैजानेबारे चिनियाँ राजदूतावासले पनि सरकारी संयन्त्र मार्फत आन्तरिक परामर्श थालेको स्रोतको भनाइ छ।कान्तिपुर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments