Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काठमाडौं, ७ जेठ । वर्तमान सरकारले सस्तो लोकपृयताका लागि काम नगर्ने प्रतिवद्धता जनाएको छ । आर्थिक वर्ष २०७५ -७६ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, वर्तमान सरकार लोकपृयताका लागि काम गर्दैन, जनताको हितमा काम गरेर लोकपृय हुन्छ ।’

राष्ट्रपतिले सार्वजनिक गरेको नीति तथा कार्यक्रमका महत्वपूर्ण बुँदाहरुः

  • समृद्धि अव नेपालका लागि मृग तृष्णा मात्र हुन सक्दैन ।
  • विकास र शान्ति पूर्व सर्त हुन् । जनताका जायग माग सुन्ने र पूरा गर्नेछ ।
  • स्थानीय, प्रदेश र केन्द्र गरी तीनै तह सरकारका रुपमा स्थापित भएका छन् । यी सबै एउटै भूगोल भित्रका सबै जाती भाषा र तमाम नेपालीका लागि काम गर्ने साझा संयन्त्र हुन् विरोधाभाषी होइनन् ।
  • सगरमाथाको उचाई र गौतमबुद्धको शान्तिकहो ज्योतीबाट सम्मानित परिचय स्थापित गर्ने सरकारको संकल्प छ ।
  • सबैलाई समान अधिार र सुरक्षा प्रदान गरिनेछ ।
  • यो आर्थिक वर्ष समृद्धिको इतिहास रच्ने आधार बन्छ ।
  • विकास निमार्णका लागि सरकारलाई सल्लाह सुझाव दिन थिंक टयांकको स्थापना गरिने
  • कृषि, उर्जा, उद्योग, यातायात, सूचना प्रविधिलाई आर्थिक वृद्धिको सम्बाहकका रुपमा पहिचान गरिने छ
  • उत्पाद्कत्व बढाउन राष्ट्रय रणनीति बनाउने
  • उत्पादनमा आधारित अर्थतन्त्र बनाउने सरकारी खर्च व्यवस्थापनलाई नतिजा उन्मुख बनाइने
  • सरकारी सम्पत्तको दोहन गर्नेलाई अंकुश लगाइने
  • राजश्व चुहावट र सम्पत्ति सुदीकरणविरुद्ध कठोर कमद चाल्ने
  • सबै नेपालीको बैंक खाता खोलिने
  • कृषि उत्पातकत्व बढाउने, ५ वर्ष्भित्र उत्पादकत्व दोब्बर बनाउने
  • भू–उपयोग नीति कायान्वयनमा ल्याउने
  • कृषियोग्य जमिनको अतिक्रमकण रोकिने
  • पशुपंक्षि तथा मत्स्य उत्पादनमा नेपाललाई आत्मपनिर्भर बनाउने
  • आर्गा्निक नेपाल बनाउन कृषि उपजको अर्गा्निक उत्पादन बढाउने कृषकलाई माटो स्वस्थ प्रमाणपत्र उपलब्ध गराइने
  • कृषि विज्ञान केन्द्र स्थापना गरिने
  • कृषकले कृषि केन्द्रबाट प्रविधिको व्यवहारिक ज्ञान प्राप्त गर्ने व्यवस्था मिलाइने
  • बालि लगाउनु पूर्व धान गहुँको न्यूनतम मूल्य तोकिनेछ
  • वन व्यवथापनलाई वैज्ञानिक बनाइने
  • फलफूल, जडिबुटी खेती बिस्ता गरिने
  • मुख्य शहरलाई हरित शहरमा विकास गर्ने
  • जलवायु न्यनीकरणका लागि कायक्रम ल्याइने
  • नदी नियन्त्रण गरिने,
  • राष्ट्रपति चुरे संरक्षण प्रभावकारी बनाउने
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments