Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

गौरीगंज, झापाको गौरीगंजमा ग्वाली घरमा आज आगलागी हुँदा करिब १लाख ५०हजार मुल्य बराबरको क्षति भएको छ ।

गौरीगंज ३ मा बाबुराम कटुवाल को ग्वालीमा आज करीब ५बजे तिर आगलागी हुँदा ग्वाली घरमा रहेका फर्निचरका सामान टेबल,कुर्सी,खाट र १५मन जति धानका साथै टिन छानो भएको ग्वाली घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गौरीगंज ले जनाएको छ ।

ग्वाली नजीकमा खोले पकाउने चुल्हो रहेको र सोही चुल्होमा खोले पकाएर आगो ननिभाइ छोडेकाले हावाले आगो उडाउँदा ग्वाली आगलागी भएको प्रहरीले अनुमान गरेको छ ।

स्थानियबासी,प्रहरी,सशस्त्र प्रहरी र गौरादहको वारुणयन्त्र को सहयोगमा करिब आधा घण्टा भित्रमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय गौरीगंज का प्रमुख नारायण प्रसाद गौतम ले जानकारी गराए ।

तपाईको प्रतिक्रिया