Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

राजविराज,  १८  भदौ  ।  मादक पदार्थ खाएको भन्दै आमाले गाली गरेको निहुँमा ३० वर्षीय अरुण मुखियाले पोखरीमा डुबेर आत्महत्या गरेका छन्। राजविराज नगरपालिका-६ का जुलमा मुखियाको छोरा अरुणले मंगलबार मध्य राति पोखरीमा डुबेर आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ।

छिमेकीका अनुसार सधैं मादक पदार्थ खाएर आउने भन्दै आमाले गाली गरेपछि आवेशमा आएका उनी पोखरीमा डुबेर मर्छु भन्दै घरबाट निक्लिएका थिए। घरपरिवारका मानिसले मादक पदार्थको नशामा बोलेको भन्दै उनको कुरा तत्काल पत्याएनन् ।
अरुणले भने घर नजिकै रहेको तुरन्ती पोखरीमा हाम फाले। पोखरीमा हाम फालेर डुबेको कुरा मृतककी श्रीमती २८ वर्षीया पुनमदेवी मुखियाले फोनमार्फत जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइन्।

तत्काललै नजिकै रहेको जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली र स्थानीयले पोखरीमा खोजे। तर फेला पार्न सकेनन्। बुधबार बिहानपख भने उनको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

मादक पदार्थमा लठ्ठिएर घर आएका उनलाई आमाले गाली गरेपछि आवेशमा आएर पोखरीमा हाम फालेर डुबेको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी मकेन्द्रकुमार मिश्रले बताए। शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको बताए।

 

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments