Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

हप्ताको एकपटक यौन सम्पर्क गर्दा महिलाहरू दीर्घजीवी हुने तथ्यलाई हालै गरिएको एक अध्ययनले बाहिर ल्याएको छ ।

उक्त अध्ययनका अनुसार यौन सम्पर्कका कारण तनाव कम हुने र रोग प्रतिरोधी क्षमता वृद्धि हुने देखिएको छ ।

क्यालिफोर्निया विश्वविध्यालयका अनुसन्धानकर्ताले गरेको उक्त अध्ययन अनुसार हप्तामा कम्तिमा पनि एकपटक यौन सम्पर्क गर्दा महिलाको आयु बढ्ने देखाएको हो । यौन सम्पर्कबाट टेलोमिरिज नामको हर्मोन वृद्धि हुने उक्त अनुसन्धानबाट पत्ता लागेको थियो । यो हर्मोनले डिएनए नाशलाई नियन्त्रण गर्ने हुनाले महिलाहरू दीर्घजीवी हुने अनुसन्धानकर्ताको दावी रहेको छ । यसबाहेक समग्र स्वास्थ्यमा पनि सुधार आउने उनीहरुले दावी गरेका छन् ।

अनुसन्धानका क्रममा शारीरिक निकटता, सम्बन्धबाट प्राप्त हुने सन्तुष्टि, यौन साथीबाट प्राप्त हुने सहयोग वा टकराव तथा तनावलाई विश्लेषण गरिएको थियो । यौन सम्पर्कबाट हुने सन्तुष्टि वा असन्टुष्टिले टेलोमिरिज हर्मोनको आयुमा कुनै असर नपर्ने पत्ता लागेको थियो । त्यस्तै तनाव, साथीबाट प्राप्त हुने सहयोग वा टवरावले यो हर्मोनको जीवन चक्रमा कुनै असर नपर्ने पनि पत्ता लागेको थियो ।

नियमित यौन सम्पर्कको असर लोग्ने मानिसमा कस्तो हुन्छ भन्नेबारे अनुसन्धानमा केही उल्लेख गरिएको छैन । तर नियमित यौन सम्पर्कले लोग्ने मानिसलाई घातक मुटु रोगबाट बचाउने तथ्यलाई वैज्ञानिकले पुष्टि गरिसकेका छन् ।

मानिसको रगतमा हुने होमोसिस्टिन नामको घातक रशायनलाई कम गर्ने यस अघिको अध्ययनले देखाइ सकेको छ । ताइवानका वैज्ञानिकले गरेको एक अनुसन्धानले यौन सम्पर्कबाट राम्रो रक्त सञ्चार हुने तथा रक्त नलीहरू मजवुत हुने पत्ता लागेको थियो ।एजेन्सीको सहयोगबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments