Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह, ९ जेठ ।  गौरादहमा सञ्चालन भएको वडा स्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधी वडा नं. ४ ले  हासील गरेको छ । जनता माविको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा वडा नंं. ४ ले वडा नं. २ लाई २५ –२२, २५–२२, र २५–२३ को सोझो सेटमा पराजीत गरेको हो । पराजीत भएसँगै वडा नंं. २ ले उपविजेतामा चित्त बुझाएको छ ।

विजयी भएसँगै वडा नं. ४ ले ५१ ह्जार नगद, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने, उपविजेता वडा नं. २ ले नगद २५ हजार १सय ११ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

खेल अवधिमा म्यान अफ दी म्याच वार्ड नं. ४ का विक्रम कुमार तिवारी भएका थिए । म्यान अफ दि सिरिज वार्ड नं. ४ का हिमाल खड्का भए भने उत्कृष्ट सटर वार्ड नं. २ का कृष्ण तामाङ्ग भए भने उत्कृष्ट लिफ्टर वार्ड नं. २ का रिजेस कार्की घोषीत भएका छन् ।

त्यसअघि भएको गौरादह नगरपालिका का कर्मचारी तथा उद्योग वाणिज्य संघ बीच भएको मैत्रीपूर्ण खेलमा उद्योग वाणिज्य संघ विजयी भएको छ ।
विजेता र उपविजेता टिमका खेलाडीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि उपमेयर गिता भेटवालले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेकी थिइन् ।

खेलकुद विकास समिति गौरादहका अध्यक्ष हेमन्त कार्कीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै खेलकुदको फाइदा र उपयोगिताको बारेमा जानकारी गराएका थिए । त्यसअवसरमा वडा नं. ५ का छत्रपती सुवेदीले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव निर्मल बास्तोलाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments