Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह,  ८  जेठ  ।  झापाको गौरादहमा सञ्चालन भइरहेको वडा स्तरीय मेयरकप भलिबल प्रतियोगितामा वार्ड नं. ४ र वार्ड नं. २ फाइनलमा पुगेका छन् ।

जनता माविको खेल मैदानमा आज सम्पन्न सेमीफाइनल खेलमा वार्ड नं. ४ ले वार्ड नं. ३ लाई २५–१७ , २४–२६ , २५–२० र २५–२१ को सेटमा पराजीत गरेको छ । त्यसैगरि दोस्रो सेमीफाइनल खेलमा वार्ड नंं.२ ले वार्ड नं. ७ लाई २५–२३, २५–२२, २१–२५ र २५–१४ को सेटमा पराजीत गरेको छ ।आजै सम्पन्न क्वार्टर फाइनल खेलमा वार्ड नं. ७ ले वार्ड नं. ५ लाई २५–२० र २५–५ को सोझो सेटमा पराजीत गरेको थियो ।

भोली  फाइनल खेल वार्ड नं. ४ र वार्ड नं. २ बिच दिउँसो २ बजे हुने खेल संयोजक हेमन्त कार्कीले जानकारी दिनुभयो । आयोजकका अनुसार भोली फाइनल खेलमा विविध साँस्कृतिक कार्यक्रम गरि सम्पन्न हुने जनाइएको छ । विजेता टिमले ५१ ह्जार नगद, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार १सय ११ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचिव निर्मल बास्तोलाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments