काठमाडौं, ९ मंसिर २०८३ । गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णयविरुद्ध दिएको रिटमा सर्वोच्च अदालतले सरकारलाई छलफलमा बोलाएको छ ।
नियुक्ति रोक्न अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि मंसिर १४ गतेका लागि छलफलमा डाकिएको हो । त्यस दिन रिट निवेदक र सरकारबीच छलफल भई अन्तरिम आदेशको टुंगो लाग्ने छ ।
डोल्माको योग्यतामाथि प्रश्न उठाउँदै कोषको उपाध्यक्ष रोक्न माग राखेर सफलता बोगटी लगायतले सर्वोच्चमा रिट निवेदन दिएका थिए । सर्वोच्चका न्यायाधीश डा।रत्नबहादुर बागचन्दको एकल इजलासले बुधबार भएको सुनुवाइपछि दुवै पक्षलाई छलफलमा डाकेको हो ।
मन्त्रिपरिषद्ले असोज ३०, २०८३ मा आनीलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो ।






