Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

काठमाडौं, २ मंसिर २०८३ । करिब दुई केजी सुनसहित एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

आज बिहान १ः२५ बजे हङकङबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजबाट एक १ केजी ८०३.७७ ग्राम सुनसहित चिनियाँ नागरिक जियानहुवा वाङ पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

५८ वर्षीय हुवाङलाई उनको शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो । उनले मलद्वारभित्र प्लास्टिकले बेरी लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

वाङलाई कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया