Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडाैं, ४ चैत्र । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको भए पनि विप्रेषण आप्रवाह एक महिनामै ७७ अर्बभन्दा धेरै बढेको छ । पुनः श्रम स्वीकृति गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि विप्रेषण आप्रवह बढेको हो ।

चालू आर्थिक वर्षको माघसम्ममा विप्रेषण आप्रवह ५१५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यो विप्रषण पुसको तुलनामा ७७ अर्ब १९ करोड रुपैयाँले धेरै हो । चालू्र आर्थिक वर्षको पुससम्ममा ४४३ अर्ब ३६ करोड रुपैयाँ विप्रेषण आएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनाको विप्रेषण आप्रवाह गत आवको सोही अवधिको तुलनामा १ खर्ब १४ अर्ब २० करोड रुपैयाँ अर्थात २८. ५ प्रतिशतले बढेको हो । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया