काठमाडौं, १९ कार्तिक २०८३ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लुम्बिनी लायन्सविरुद्ध मध्यम सुरुआत गरेको छ ।
बिहीबार (कात्तिक १९) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले सुरुआती ६ ओभरमा एक विकेट गुमाएर ४० रन जोडेको छ ।
हाल क्रिजमा रहेका सैफ हसन र ओपनर तृतराज दास क्रमशः २० र १७ रनमा खेलिरहेका छन् । पभेलियन फर्किएका पार्भेज हुसेन इमोनले एक रन बनाएका थिए ।
लुम्बिनीका निम्ति रुबेन ट्रम्पेलमनले एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले जनकपुरविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४९ रन बनाएको थियो ।






