काठमाडौं, १५ कार्तिक २०८३ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पोखरा एभेन्जर्सविरुद्ध दोस्रो ओभरमा पहिलो सफलता पाएको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुरले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याएको पोखराले १.१ ओभरमा पहिलो विकेटको रूपमा ओपनर मेहदी हसनलाई गुमाएको हो ।
उनलाई अलराउण्डर मोइन अलीले टोलीका अभिषेक तिवारीबाट क्याच गराएका थिए । मेहदी आठ रन बनाएर पभेलियन फर्किए ।
जारी खेलमा पोखराले १.१ ओभरको साप्तीमा एक विकेट गुमाएर ११ रन बनाएको छ ।






