झापा, १५ कार्तिक २०८३ । झापाको भद्रपुरमा ग्याङफाइट हुँदा चारजना घाइते भएका छन् । गएराति ११ः५५ बजे झापा भद्रपुर-६ भानु चोक बस्ने बर्ष ३१ का रुपेश झा, वडा नं ५ बस्ने बर्ष ३३ का अजय सिंह, सोही ठाउँ बस्ने बर्ष ३७ का गणेश सहनी ,वडा नं ६ बस्ने बर्ष ३८ का अर्जुन कामती, उनका भाइ बर्ष ३५ का संजय कामती, वडा नं ६ बस्ने बर्ष ५६ का संजिव घोसबीच झडप भएको हो ।
दुवै पक्षले मादक पदार्थ सेवन गरी के कुन बिषयमा भनाभन भई दुई पक्षबीच कुटाकुट भएको थियो । झडपमा रुपेश झाको कानको पछाडी भागमा काटिएको छ भने घाँटीमा चोट लागेको छ । त्यस्तै अजय सिंहको छाती र टाउकोमा चोट छ भने गणेश सहनीको बाँया आखाँको मुनि चोट लागेको छ ।तीनै जनाकौ अवस्था सामान्य रहेको छ ।उनीहरूको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।
अर्जुन कामतीको बाहिरी चोटपटक नदेखिकोले उपचारको लागि ओम साई पाथिभरा अस्पताल लगिएको छ ।वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी प्राप्त हुनाका साथ वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतिलाल योञ्जङ तामाङको टोली र जिल्ला प्रहरी कार्यालय झापाको मोबाइलसहितको टोली खटिएको थियो ।
उक्त झगडामा संलग्न संजिव घोस वडा प्रहरी कार्यालय भद्रपुरको नियन्त्रणमा छन् ।संजय कामती तत्काल फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा एउटा पक्षको रुपेश झा , अजय सिंह र गणेश सहनी रहेका छन् । त्यस्तै अर्को पक्षको अर्जुन कामती रहेका छन् ।





