Online Bichar
आइतबार, कार्तिक १६, २०८३ | Sunday, November 1, 2026

झापा, १५ कार्तिक २०८३ । झापाको भद्रपुरबाट अवैधरूपमा नेपाल भित्र्याउँदै गरेको ५ लाख ४० हजार ८१९ रुपैयाँ बराबरका पटका बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल,नेपाल बीओपी महेशपुरबाट खटिएको मोटरसाइकल गस्ती टोलीले आइतबार भद्रपुर नगरपालिका–३ स्थित भागबारी उत्तर मेची नदीको सीमावर्ती क्षेत्रबाट ५ बोरा पटका बरामद गरेको हो।

भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पटका बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद पटका प्रचलित कानुनबमोजिम नष्ट गर्ने प्रक्रियामा रहेको छ।

 

 

तपाईको प्रतिक्रिया