काठमाडौं, १५ कार्तिक २०८३ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पोखरा एभेन्जर्सविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको जनकपुरले पोखराविरुद्ध सुरुआती ६ ओभरमा कुनै विकेट नगुमाएर ४५ रन बनाएको छ ।
हाल क्रिजमा रहेका ओपनर तृतराज दासले २४ र मोइन अलीले २० रन बनाएका छन् ।
खेलमा पोखरा पहिलो जितको खोजीमा छ । अंकविहीन बन्दै तालिकाको पुछारमा रहेको पोखराले एक खेलेको छ । त्यसमा टोली ६ विकेटले दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
यता, जनकपुर भने लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पहिलो सिजनको विजेता रहेको यो टोलीले दुई खेल खेलिसक्दा समान एक जित र हार व्यहोरको छ ।
जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार व्यहोरेको थियो । जनकपुरले दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई आठ विकेटले हराएको थियो ।






