Online Bichar
शनिबार, कार्तिक १५, २०८३ | Saturday, October 31, 2026

झापा, १३ कात्तिक २०८३ । झापाको कमल गाउँपालिकामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज साँझ अन्दाजी ६ः५५ बजे कमल गाउँपालिका-५ साबित्रा चोकस्थित पूर्व पश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको प्र.न. १–०१– ००१४ प ६४८९ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको ना ६ ख ५२०२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका-८ का २९ वर्षीय सागर तिमल्सिना घाइते भएका थिए । उनलाई उपचारको लागि बिर्तामोडतर्फ ल्याएको अबस्थामा तत्काल गम्भीर भई कन्काई नगर अस्पताल सुरुङगामा ल्याइपुर्‍याई उपचार गराउँदा डाक्टरले ७ः३० बजे मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको छ । ट्रक चालक धनुषा धनुषाधाम नगरपालिका-५ नौसय बिगाह बस्ने बर्ष २८ का शिवशंखर महतो र दुबै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया