काठमाडौं, १३ कार्तिक २०८३ । पत्रकार विश्वमणी सुवेदीलाई प्रहरीले समाचार कक्षबाट नियन्त्रणमा लिएको छ ।
उनी नेपाल प्रेसमा कार्यरत पत्रकार हुन् । उनलाई नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट केहीबेरअघि प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रधान सम्पादक मात्रिका पौडेलका अनुसार, उनलाई समाचारको स्रोत खोज्न भन्दै प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको हो ।
‘अहिले म पनि साइबर ब्यूरोमा जाँदैछु, समाचारको स्रोत खोज्न भन्दै समाचार कक्षबाटै उहाँलाई सादा पोशाकका प्रहरीले लगेको छ,’ पौडेलले भने ।
सुवेदी लामो समयदेखि सुरक्षा मामिलामा लेख्दै आएका पत्रकार हुन् ।






