Online Bichar
शुक्रबार, कार्तिक १४, २०८३ | Friday, October 30, 2026

काठमाडौं, १३ कार्तिक २०८३ । सादा पोसाकको प्रहरी टोली नयाँ पत्रिकाको कार्यालयमा पनि पुगेको छ । पत्रकार नवराज मैनालीलाई खोज्दै पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरेको नेपाल पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठानका अध्यक्ष नवराज दाहालले जानकारी दिए ।

यसअघि नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सादा पोसाकमा नेपाल प्रेसको कार्यालयमा प्रवेश गरेको प्रहरीले ‘समाचारको स्रोत आवश्यक परेको’ भन्दै सुवेदीलाई पक्राउ गरेको नेपाल प्रेसका सम्पादक मातृका पौडेलले जानकारी दिए ।

“पक्राउ पुर्जी दिइएको छैन । समाचारको स्रोत चाहियो भनिएको छ, तर कुन समाचार भनेर पनि खुलाइएको छैन,” पौडेलले भने, “हामीले कुन समाचारको स्रोत चाहिएको हो भनेर सोध्दासमेत भनिएको छैन ।”

पौडेलले आफू साइबर ब्युरो जाँदै गरेको जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया