Online Bichar
बुधबार, आश्विन २८, २०८३ | Wednesday, October 14, 2026

बिर्तामोड, २७ असोज २०८३ । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षको झापा क्षेत्र नं २ को क्षेत्रीय अधिवेशन आज सम्पन्न भएको छ । नियमित महाधिवेशन पक्षको अधिवेशनले २ नंं. क्षेत्रीय सभापतिमा सन्जु भारतीलाई निर्विरोध निर्वाचित गरेको छ ।
त्यसैगरी क्षेत्र नं. २ प्रदेश (क) सभापतिमा सपना डाँगी र प्रदेश (ख) मा निरज ढकालको नेतृत्वमा समिति गठन भएको छ । त्यसैगरी क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गरेको छ ।

निर्विरोध निर्वाचित महासमिति सदस्यहरुमा विवेककेशरी प्रसाईं, हर्कलाल गिरी, कृष्ण हुमागाई, ओमकृष्ण बिमली र मदन बुढाथोकी रहेका छन् । उनीहरु खुल्ला कोटाबाट निर्वाचित भएका हुन् ।

त्यसैगरी महिला खुल्ला कोटाबाट मिरा खडका र टीकादेवी मैनाली तथा समावेशी महिला कोटाबाट राधिका चुडाल सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी समावेशी कोटाबाट दिपेन्द्र कार्की, नारायणप्रसाद पौडेल र अशोक चौधरी निर्वाचित भएका छन् भने २८ बर्ष मुनिका नवयुवाबाट खुशी सिटौला र ४० बर्ष मुनिका युवाबाट प्रवेश बस्नेत चयन भएका छन्

यसअघि भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनबाट विवेककेशरी प्रसाईं, हर्कलाल गिरी, कृष्ण हुमागाई, ओमकृष्ण बिमाली, मदन बुढाथोकी पदमसुन्दर लामिछाने, बिष्णु खरेल, मेघराज ढकाल ९राज०, सिताराम सिटौला र दिपकिशोर घिमिरे खुल्ला कोटाबाट निर्वाचित भएको थिए ।

त्यसैगरी महिला खुल्ला कोटाबाट मिरा खडका, टीका मैनाली, पार्वता खरेल र शुसिला संग्रौला निर्वाचित भएका थिए ।
त्यसैगरी समावेशी कोटाबाट दिपेन्द्र कार्की (दिपक), नारायणप्रसाद पौडेल युवराज दाहाल, भक्तिप्रसाद गौतम, नारायण भारती, राधिका चुडाल, गोमा दङ्गाल, अशोक चौधरी, पाण्डवलाल चौधरी, राजनारायण साह र टेकबहादुर सार्की निर्वाचित भएका थिए ।

त्यसैगरी २८ बर्ष मुनिका नवयुवाबाट खुशी सिटौला र नैतिक अग्रवाल, ४० बर्ष मुनिका युवाबाट प्रवेश बस्नेत र अभिषेक रिजाल, प्रजातन्त्र सेनानी र द्वन्द्वपीडित कोटाबाट डिल्लीराम सिटौला र सुमन पोद्धार चयन भएका थिए ।

त्यसैगरी बिज्ञबाट नारायणप्रसाद पौडेल र श्रमिक कोटाबाट देबीप्रसाद कार्की निर्वाचित भएका थिए भने अपाङ्गता कोटाबाट भीमबहादुर चेम्जोङ्ग सर्वसम्मत निर्वाचित भएका थिए । अन्य कोटाबाट दिपेन चौधरी र संजय न्यौपाने निर्वाचित भएको मतदान अधिकृत अनुषा चुडालले जानकारी दिएकी छन् ।

 

तपाईको प्रतिक्रिया