Online Bichar
आइतबार, आश्विन १८, २०८३ | Sunday, October 4, 2026

१७ असोज २०८३ । एकजना गोर्खाली महिला विरामीलाई अपमान गर्ने भारत पश्चिम बंगालको बीरपाडा जनरल अस्पतालका डाक्टर शंकर मजुमदारलाई माफी मगाइएको छ ।

उपचारका लागि वीरपाडा अस्पताल गएकी बिरामी दिपिका क्षेत्रीमाथि उनले भाषिक दुर्व्यवहार गरेका थिए । ‘बिमल गुरूङका आदमी’ ,‘नेपाली भाषा बोल्ने नेपाल जा ’ भन्दै उनले निकृष्ट शव्द प्रयोग गरेका थिए ।

सो घटनालाई लिएर विवाद चर्किएको थियो । प्रहरी प्रशासनले मिलाउन नसकेपछि अन्ततः डाक्टर मजुमदारले दुई हात जोडेर माफी मागेका छन् । शुरुमा बंगालीमा माफी मागेका मजुमदारलाई त्यसपछि हिन्दी र नेपाली भाषामा माफी मगाइएको थियो । माफी मगाउने क्रममा गोर्खालीहरुले नारा जुलुस गरेका थिए ।

 

तपाईको प्रतिक्रिया