Online Bichar
बिहिबार, आश्विन १५, २०८३ | Thursday, October 1, 2026

झापा, १४ असोज २०८३ । झापासहित कोशी प्रदेशका चार जिल्लामा लगातार दुई दिन आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले प्रसारण प्रणालीमा महत्वपूर्ण प्राविधिक काम गर्नुपर्ने भन्दै असोज १७ र १८ गते विद्युत् सेवा अवरुद्ध गर्न लागेको जनाएको छ ।

प्राधिकरणको केरौन १३२र३३ केभी सबस्टेशन आयोजनाले दुहबी–दमक १३२ केभी प्रसारण लाइनमा ‘लूप इन लूप आउट’ ९एलआईएलओ० कार्य गर्ने तयारी गरेको छ। सोही कामका लागि प्रसारण लाइन बन्द गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार २०८३ असोज १७ गते शनिबार बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म पहिलो दिन विद्युत् सेवा बन्द हुनेछ। त्यसको भोलिपल्ट असोज १८ गते आइतबार पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म विद्युत् आपूर्ति रोकिनेछ।

यसअनुसार दुई दिन बिहानको समयमा गरी दैनिक आठ घण्टा विद्युत् आपूर्ति बन्द हुनेछ। बिहानको समयमा विद्युत् सेवा अवरुद्ध हुँदा उद्योग, व्यापार, व्यवसाय, कार्यालय तथा घरायसी उपभोक्ताको नियमित कामसमेत प्रभावित हुन सक्नेछ।

विद्युत् कटौतीको प्रभाव झापामा मात्रै सीमित रहने छैन। प्राधिकरणका अनुसार झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र प्रभावित हुनेछन्।
त्यस्तै, मोरङ जिल्लाका उर्लाबारी, पथरी तथा आसपासका क्षेत्रमा समेत विद्युत् आपूर्ति बन्द हुनेछ।

 

तपाईको प्रतिक्रिया