झापा, १३ असोज २०८३ । नेपाली कांग्रेसको झापा क्षेत्र नं ५ को क्षेत्रीय सभापतिमा रवि केसी न्यौपाने निर्वाचित भएका छन् । क्षेत्रीय अधिवेशनअन्तर्गत भएको निर्वाचनमा ४४१ मत ल्याई न्यौपाने क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी रोशन विष्टले ४२१ मत पाएका छन् ।
त्यस्तै सचिवमा आत्माराम राजवंशी निर्वाचित भएका छन् । त्रिपक्षीय भिडन्तमा २९७ मत ल्याई राजवंशी निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धीहरु तिलोचन आचार्यले २४३ र पुरण अधिकारीले २२२ मत ल्याएका छन् ।
त्यस्तै क्षेत्रीय सहसचिवमा टंकप्रसाद ढकाल तथा सदस्यहरुमा डार्बिन संग्रौला , रबिन्सन रिजाल ,लावन्य खतिवडा, गणेश गौतम ,मानबहादुर दाहाल , एकराज प्याकुरेल ,नगेन्द्र दाहाल ,सोमलाल धिमाल ,डम्बरबहादुर गुरुङ ,मेहरमान पाण्डे ,शान्ती पौडेल ,विनु खतिवडा र चमला धिमाल चयन भएका छन् । क्षेत्रीय सभापति र सचिवबाहेक अन्य पदहरुमा सर्वसम्मत भएको थियो ।






