झापा, १३ असोज २०८३ । नेपालसँग सीमा जोडिएको भारतको गलगलियामा ४५५ ग्राम ब्राउन सुगरसहित लागूऔषध तस्कर बुबा(छोरा पक्राउ परेका छन् ।
गोप्य सूचनाको आधारमा गलगलिया प्रहरी, किशनगञ्ज नारकोटिक्स टीम र एसएसबी ४१ औ बटालियनको संयुक्त टोलीले हाथीडुबा इलाकामा छापा मारेर ४५५ ग्राम ब्राउन सुगर बरामद गरेको हो । उक्त लागूऔषधसहित बाबुछोरा पक्राउ परेका छन् ।
खानतलासीका क्रममा एउटा पेस्तोल र दुई वटा म्यागजिन पनि बरामद भएको छ । पक्राउ पर्नेहरूमा हाथीडुबा निवासी रामजपो पासवान र उनका छोरा धिरज भनिने मदनमोहन पासवान रहेका छन् ।






