Online Bichar
बुधबार, आश्विन १४, २०८३ | Wednesday, September 30, 2026

काठमाडौं, १३ असोज २०८३ । असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज एक सूचना जारी गर्दै भीषण वर्षासम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सर्वसाधारणले असोज १७ गतेदेखि भिषण वर्षा हुँदैछ रे भनेर विभागमा सोधपुछ गरेको र त्यसप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ ।

सूचनामा लेखिएको छ, ‘नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस्तो कुनै पनि पूर्वानुमान नगरेको र मौसमी गतिविधिमा खासै फेरबदल नपाइएकाले यस्ता भ्रामक खबरको पछि नलाग्नरनफैलाउन नेपाल मौसम विद्दान विभाग विनम्रा अनुरोध गर्दछ ।’

साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सन्जालमार्फत् अपडेट रहन विभागले अनुरोध समेत गरेको छ ।

 

तपाईको प्रतिक्रिया