काठमाडौं, १३ असोज २०८३ । सेयर बजारमा आज पनि गिरावट आएको छ। नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा अडिएको हो। अघिल्लो दिन सोमबार नेप्से परिसूचक १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा झरेको थियो।
नेप्से घटेसँगै यसदिन कारोबार रकममा पनि सोमबारको तुलनामा कमी आएको छ। सोमबार ५ अर्ब ३८ करोड बराबरको सेयर कारोबार भएकोमा आज ४ अर्ब ६५ करोडको कारोबार भयो।
३६३ वटा स्क्रिप्सको १ करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार ४५ रुपैयाँमा खरिदबिक्री भए। १२ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिवेन्चर २०८३ को सेयर ९.१७ प्रतिशतले बढ्दा सयपत्री हाइड्रोपावरको सेयर ६.७९ ,७ प्रतिशत नेपाल एसबीआई बैंक डिवेन्चर २०९० को ६.४२ र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको ६.२९ प्रतिशतले बढयो।
२२ करोड बढिको कारोबार गरी हिमालयन डिष्टिलरी शीर्षस्थानमा रह्यो। शिवम् सिमेन्टले १७ करोडको कारोबार गर्दा सिद्धार्थ बैंकको १६ करोड,गरिमा विकास बैंकको १५ करोडको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ६९ वटा स्टक्सको मूल्य बढ्दा १९९ वटाको घट्यो। बाँकी १० स्टक्सको मूल्य स्थिर रह्यो। नन लाइफ इन्स्योरेन्स र अदर्श समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।






