Online Bichar
आइतबार, आश्विन ०४, २०८३ | Sunday, September 20, 2026

काठमाडौं, ४ असोज २०८३ । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको  सुन्दरहरैंचाबाट पक्राउ गरेको हो ।

मोरङ प्रहरी प्रमुख एसपी कबित कटुवालका अनुसार, साइबर अपराधको कसुरमा दाहाल पक्राउ परेका हुन् ।

प्रहरीको साइबर ब्युरोकोबाट पक्राउ पुर्जी जारी भएको र पक्राउ गरेर पठाउनु भन्ने पत्रको आधारमा दाहाललाई पक्राउ गरिएको एसपी कटुवालले जानकारी दिए । पक्राउ परेका दाहाललाई आइतबार नै काठमाडौं पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया