Online Bichar
आइतबार, आश्विन ०४, २०८३ | Sunday, September 20, 2026

झापा, ३ असोज २०८३ । झापाको दमकमा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । हिजो दमक नगरपालिका– ५ मा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दमक– ५ का सुजन माझी, सुविन कुमाल र कुलप्रसाद सिवाकोटी रहेका छन् ।

उनीहरुलाई चेकजाँच गर्ने क्रममा सुजन माझीको साथबाट लुकाई छपाई राखेको अवस्थामा ३ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया