Online Bichar
बिहिबार, आश्विन ०१, २०८३ | Thursday, September 17, 2026

काठमाडौं, १ असोज २०८३ । अनलाइनबाटै सवारी लाइसेन्ससबन्धी सम्पूर्ण काम गर्न सक्ने गरी यातायात व्यवस्था विभागले नयाँ निर्देशिका जारी गरेको छ । बिहीबार विभागले विद्युतीय माध्यमबाट सवारी चालक अनुमति पत्रसम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका, २०८३ जारी गरेको हो ।

निर्देशिकाअनुसार ४८ घण्टाभित्र सवारी अनुमति, नवीकरण तथा ग्रेड वृद्धि लगायतका अनलाइन निवेदन स्वीकृत गरिसक्ने व्यवस्था गरिएको छ ।

नयाँ आवेदन, वर्ग थप, प्रतिलिपि र नवीकरणका लागि अनलाइनमार्फत आएका निवेदनहरू कार्यालयबाट सामान्यतया ८४ घण्टाभित्र स्वीकृत गर्ने, अस्वीकृत गर्नुपर्ने भएमा कारणसहित आवेदकलाई जानकारी गराउनुपर्ने व्यवस्थासहितको नयाँ निर्देशिका विभागले बिहीबार सार्वजनिक गरेको हो ।

तपाईको प्रतिक्रिया