Online Bichar
बुधबार, भाद्र ३१, २०८३ | Wednesday, September 16, 2026

झापा, ३१ भदौ २०८३ । आफ्‌नै घरमा लागूऔषध बेच्दै गर्दा कन्काईमा एक कारोबारी पक्राउ परेका छन् । गएराति १० बजे कन्काई वडा नं. ३ सुरुङ्गा बस्ने ३५ वर्षीय बादशाह भन्ने फियाज मोमिन आफ्नै घरमा लागूऔषध बेच्दै गर्दा पक्राउ परेका हुन् ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक रबि राईको कमाण्डमा खटिएको टोलीले उनको साथबाट प्लास्टिकसहित २५ ग्राम १० मिलिग्राम (१३९ पोका) ब्राउन सुगर फेला पारेको छ ।

त्यस्तै नाइट्रोजन ६ पत्ता ६० पिस, नगद १२ हजार , एक थान डिजिटल तराजु र दुई थान मोबाइल पनि बरामद भएको छ । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सुरुङगामा ल्याइएको छ ।

 

तपाईको प्रतिक्रिया