Online Bichar
बुधबार, भाद्र ३१, २०८३ | Wednesday, September 16, 2026

काठमाडौं, ३१ भदौ २०८३ । सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ । आगलागीका कारण महत्त्वपूर्णकागजात, कुर्सी, टेबललगायत जलेर नष्ट भएका छन् ।

विद्युत् शर्ट भएर आगलागी भएको स्रोतले जानकारी दिएको छ । बिहानै शर्ट भएर आगलागी कारण कागजातसहित फाँटमा रहेका फर्निचर पनि जलेको पाइएको छ । २० र २१ नम्बर फाँटमा आगलागी भएको हो । नयाँ भवनको भुइँतलामा रहेका दुईवटा फाँटमा आगलागी भएको स्रोतले जानकारी दियो ।

यसअघि सर्वोच्च अदालतमा दुई साताअघि पनि आगलागी भएको थियो । त्यसबेला अन्डरग्राउन्डमा रहेको कार्यालयमा आगलागी भएको थियो । त्यस विषयमा अहिले पनि अनुसन्धान जारी छ ।

तपाईको प्रतिक्रिया