काठमाडौं, २६ भदौ २०८३ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोसी बाढीले पुर्याएको क्षतिको विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरणमा पूर्वाधार तर्फ धेरै ठूलो क्षति भएको उल्लेख छ । जलविद्युत आयोजना तर्फ १३ आयोजनामामा क्षति पुगेको प्राधिकरणले जनाएको छ । यी आयोजनाको कुल क्षमता ७५९ मेगावाट हुने प्राधिकरणले जानकारी दिएको छ ।
बाढीबाट ६९ किलोमिटर सडकमा क्षति पुगेको पनि प्राधिकरणले जानकारी दिएको छ । बाढीले क्षति पुर्याएका ३७ वटा मोटरेबल पुलमध्ये ३३ वटा बगाएको छ भने अरु पाँचवटामा क्षति पुर्याएको छ । बाढीबाट ६८ वटा झोलुंगे पुलमा क्षति पुगेको छ भने करिब ४१४ किलोमिटर पाइपलाइनमा पनि क्षति पुगेको छ।






