Online Bichar
शुक्रबार, भाद्र २६, २०८३ | Friday, September 11, 2026

झापा, २६ भदौ २०८३ । झापाको शिवसताक्षी नगरपालिकामा प्रहरीले अवैध सामानसहित मारुती भ्यान र चालक नियन्त्रणमा लिएको छ। हिजो गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका–१० फाल्गुनन्द चोकमा प्रदेश ३–०१–०२३ च २४७५ नम्बरको मारुती कार्गो (इको) भ्यानमा अवैध रुपमा भन्सार छली गरी ल्याउँदै गरेका बिभिन्न प्रकारका कपडाहरु बरामद गरेको हो ।

भ्यानसहित ९ लाख २९ हजार १ सय रुपैँया बराबरको सामान बरामद गरेसंगै गाडी चालक भद्रपुर नगरपालिका–५ का ३० वर्षीय राकेश लिम्बूलाई नियन्न्त्रणमा लिई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया