काठमाडौं, २६ भदौ २०८३ । सरकारले भोटेकोसी नदीमा आएको बाढीले पुर्याएको क्षतिको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकारणका कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीले पत्रकार सम्मेलनमार्फत् क्षतिको विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक तथ्यांकअनुसार, सात हजार ५७० निजी घरमा बाढीले क्षति पुर्याएको छ । ४८ वटा सार्वजनिक भवनमा क्षति पुग्दा १८ वटा विद्यालयमा पनि क्षति पुगेको छ । जसमध्ये ११ वटा विद्यालय भवन पूर्ण रूपमा क्षति भएका छन् भने सातवटामा आंशिक क्षति पुगेको छ ।
यस्तै, सातवटा स्वास्थ्य संस्थामा क्षति पुगेको र ३० सम्पदास्थलमा क्षति पुगेको तथ्यांकमा उल्लेख छ ।






